गोरखा, २३ मंसिर । गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ को घिमिरेचोक बर्षले सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ ।
इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट गस्ती गएको प्रहरी टोलिले शनिवार साँझ जंगलमा बन्दुक भेटेको हो ।
वन्यजन्तुको शिकारका लागि उक्त बन्दुक प्रयोग भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
सडक छेऊ बन्दुक भेटिए पनि वरिपरि मान्छे नभेटिएको उनले बताए । हाल बरामद बन्दुकलाई इलाका प्रहरी कार्यालय, ठाटीपोखरीमा राखिएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।















प्रतिक्रिया