लण्डन, २३ मंसिर । कम्बोडियाका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिइने भएको छ ।
प्रधानमन्त्री हुन सेनले सबै नागरिकलाई कुनै शुल्क नलिइ कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी गराएका छन् ।
उनले निःशुल्क खोप प्रदान गर्नेगरी सरोकारवालासँग परामर्श गर्न पनि निर्देशन दिएका छन् ।
अर्थमन्त्रीलाई पनि उनले सबै नागरिकलाई निःशुल्क खोप लगाउनका लागि बजेटको व्यवस्था गर्न निर्देशन दिएका छन् । पहिलो चरणमा उच्च जोखिममा रहेका नागरिकलाई लगाउने गरी १० लाख खोप ल्याउने योजना बनाइएको उनको भनाइ छ ।
एक जनालाई दुई पटक लगाउनु पर्ने भएकाले दश लाख खोपले झण्डै पाँच लाख मानिसलाई हुने पनि उनले बताए । दोस्रो चरणमा २० देखि ३० लाख खोप ल्याएर लगाउने योजना सरकारले बनाएको प्रधानमन्त्री हुन सेनको भनाइ छ ।















प्रतिक्रिया