९ कार्तिक २०८३, सोमबार

प्युठानमा रुखबाट लडेर एक पुरुषको मृत्यु

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

प्युठान, २२ मंसिर । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो ।

घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए । –रासस