
काठमाडौँ, २२ मंसिर । प्रहरीले सिंगापुर पठाईदिन्छु भन्दै करिब साढे ३ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
सुनसरी धरान उपमहानगरपालिका वडा नं. ४ बुद्धचोक स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ९ सिनामंगल बस्ने २७ वर्षीय विशाल दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
दर्जीले रमिला श्रेष्ठलाई सिंगापुर पठाईदिन्छु भनेर ३ लाख ३१ हजार ९ सय रुपैयाँ रकम ठगी गरेर सम्पर्क विहीन भएका थिए ।
श्रेष्ठले दर्जीविरुद्ध दिएको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो साढे ३ बजे सिनामंगल, एयरपोर्टबाट पक्राउ गरेको हो । मंसिर २२ गते दर्जीमाथि आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाएको महाशाखाले जनाएको छ ।















प्रतिक्रिया