
काठमाडौँ, २२ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आ.व. वर्षमा पक्राउ गरि कारवाहीको दायरामा ल्याएको छ ।
महाशाखाको पिडित सहायता ईकाइको विशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने विशेष अभियान संचालन गरिरहेको छ ।
महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरि सम्बन्धित धनिलाई जिम्मा दिएको छ ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले “बिगत लामो समयदेखि मोटरसाईकल चोरी गर्ने पेसेवर गिरोहलाई निग्रानीमा राखि सादा पोशाकमा बिशेष अपरेसन टोली खटाएका छौँ, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यका बाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको छ,त्यस्ता बस्तीहरुमा समेत सुराकी परिचालन गरि सुचना संकलन गर्ने काम समेत भैरहेको” बताए ।
आज मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने बर्ष २५ का सुजन तामाङ्गलाई वास्तविक नम्बर प्र.३-०२-००१ प ९०४१ भइ प्र.३-०२-००३ प ६५०६ नंम्बर राखि चलाएको २२० सिसिको रातो कालो पल्सर सहित पक्राउ गरि आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी बृत्त मालीगाँउ पठाएको छ । उक्त मोटरसाईकल काठमाण्डौं स्थित सेतोपुलदेखि दश दिन अघि मात्र हराएको थियो ।















प्रतिक्रिया