९ कार्तिक २०८३, सोमबार

९ महिनापछि सबै हवाई उडान सुचारु हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ मंसिर । करिब ९ महिनापछि हवाई उडान क्षेत्र पुरानै अवस्थामा फर्कन लागेका छन् ।

कोरोनाभाइरस महामारीका कारण बन्द रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु अब पूर्ण रुपमा खुल्न लागेका हुन् ।

हाल नेपालबाट भारत र बंगलादेशको उडानमा मात्रै प्रतिबन्ध बाँकी छ भने अन्य देशसँग उडान सुरु हुन थालेका छन् । यद्यपि अब ति बाँकी रहेका देशहरुमा पनि उडान खुला गर्ने तयारी हुन थालेको छ । अन्य क्षेत्रमा भने प्रतिबन्ध हटिसकेकाले नियमित उडान हुन थालेका छन् ।

भारत र बंगलादेशमा नियमित उडान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले अनुमति दिएको छ ।

सो अनुमतिसँगै मन्त्रालयको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यी गन्तव्यको नियमित उडानका लागि प्रक्रिया थालिसकेको छ ।

क्यानका अनुसार अबको बढीमा १० दिनमा उडान पुनः सुचारु हुनेछ ।

सरकारले कोरोना नियन्त्रणका लागि गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण सम्पूर्ण क्षेत्र ठप्प भएसँगै नागरिक उड्डययन क्षेत्र पनि प्रभावित बनेको थियो ।

कोरोना नियन्त्रण भइनसके पनि संक्रमणको दर घट्दै जानु, स्वास्थ्य सुरक्षाका मापदण्ड गम्भीर रुपमा पालना हुनु तथा अन्तर्राष्ट्रिय स्तरमा कोरोनाभाइरस विरुद्धको खोप आउने तयारी हुनु जस्ता पक्षहरुले नियमित उडान गर्न सहयोग पुर्याएका छन् ।

देशमा क्रमशः सम्पूर्ण किसिमका व्यापार व्यवसायलगायत पनि सञ्चालनमा आउन थालेका छन् ।