२ कार्तिक २०८३, सोमबार

बाँकेमा बर्दिया र कञ्चनपुरका दुई जना कोरोना संक्रमितको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । बाँकेमा बर्दिया र कञ्चनपुरका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिका–५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र कञ्चनपुरको शुक्लाफाँटा–४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै बर्दियाका ७२ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो । मंसिर १३ गते सेती अस्पतालमा कोरोना परीक्षण गराएको उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै कञ्चनपुरका ७३ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । मंसिर १२ गते सेती अस्पतालमा स्वाब परीक्षण गराएका उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।