२ कार्तिक २०८३, सोमबार

टोटनह्यामसँग आर्सनल पराजित, लिगको शीर्ष स्थानमा प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ मंसिर । टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–० को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सन हेङ्ग–मिन र ह्यारी केनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको हो । १३ औँ मिनेटमा सन र पहिलो हाफको इन्जुरी समयमा केनले गोल गरेका हुन् ।

जितपछि शीर्ष स्थानमा पुगेको टोटनह्यामको ११ खेलबाट २४ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको पनि समान २४ अंक नै भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । पराजित भएको आर्सनल १३ अंकसहित १५ औँ स्थानमा छ ।