९ कार्तिक २०८३, सोमबार

सरकारले सगरमाथाको उचाइ औपचारिक रुपमा घोषणा गर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । नेपाल सरकारले औपचारिक रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा गर्ने भएको छ ।

सरकारले मंगलबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने नापी विभागले जनाएको छ । विभागले पत्रकार सम्मलेनमार्फत यस विषयमा जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृती दिएको हो ।

आर्थिक वर्ष २०७५र७६ बाट सगरमाथाको उचाई मापन सुरु गरिएको थियो ।

२०७२ सालको भूकम्पले सगरमाथाको उचाइमा प्रभाव पारेको हुनसक्ने भन्दै करोडौँ खर्च गरेर सरकारले उचाइ मापन गरेको हो ।

चिनियाँ र नेपाली टोलीले उचाइ मापन गरेका हुन् ।