
काठमाडौँ, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई अध्यादेश स्वीकृत गरेकी छिन् ।
राष्ट्रपतिले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ स्वीकृत गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।















प्रतिक्रिया