९ कार्तिक २०८३, सोमबार

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, २१ मंसिर । मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३-०२-०१७ प ७६७७ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक बस्ने दोलखा घर भएका १९ वर्षीय संगित तामाङ र भक्तपुर गठ्ठाघर बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका १९ वर्षीय सलिन तामाङ रहेका छन् ।

शनिबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले संगितलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा संगित र सलिनले उक्त मोटरसाइकल चोरी गरेको खुलेपश्चात उनीहरुलाई चोरी भएको उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनीहरु उपर चोरीको कसूर अनुसार थप अनुसन्धान तथा कारवाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।