९ कार्तिक २०८३, सोमबार

७३ तोला अवैध चाँदी समेतका सामानसहित २ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कपिलवस्तु, २१ मंसिर । वाणगंगा नगरपालिका २ लखनचोकस्थित सडकबाट करिब ७३ तोला अवैध चाँदी, १ थान जैन पेपर, १२ पिस कपासको पुडिया, ४८ पीस सेतो रातो पत्थर र नगर ९६ हजार रुपैयाँसहित शनिबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ बस्ने २२ वर्षीय उमेश सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ बस्ने २६ वर्षीय सुगम पुन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.५५ प ६१५९ नम्बरको स्कुटर जाँच गर्दा स्कुटीमा सवार सुनारले बोकेको झोलामा उक्त चाँदी समेतका सामान फेला पारी मोटरसाइकल चालक पुन समेत दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई राजश्व कार्यालय पठाइने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।