९ कार्तिक २०८३, सोमबार

थप १७ सय ५२ जना कोरोनामुक्त, निको हुनेको संख्या करिब २ लाख २६ हजार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप १ हजार ७ सय ५२ जना निको भएको जानकारी दिएका छन् ।

योसहित निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ जना पुगेको छ ।

२४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ८४ जनामा संक्रमण देखिएको छ ।