९ कार्तिक २०८३, सोमबार

आइतबार थप १ हजार ९६ जनामा कोरोना, १७ को मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले गत २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ जना पुगेको छ ।

२४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ८४ जनामा संक्रमण देखिएको छ ।