९ कार्तिक २०८३, सोमबार

अर्काको नाममा लोक सेवाको परीक्षा दिने पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ मंसिर । सुर्खेतमा अर्काको नाममा लोक सेवाको परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

परीक्षा वीरेन्द्रनगर नगरपालिका ७ स्थित लोक सेवा आयोगको कार्यालयबाट लिइएको थियो । जसमा हुम्ला सर्केघाट गाउँपालिका ४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका ४ बस्ने २२ वर्षीय राम शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।