
काठमाडौँ, २१ मंसिर । भक्तपुरमा आइतबार विहान पौने १ बजे कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा पल्टिएको कारमा सवार एक जना युवतीको मृत्यु भएको छ भने ३ जना युवक घाइते भएका छन् ।
भक्तपुरबाट काठमाडौँ जाँदै गरेको बा. ८ च. ४७५६ नम्बरको कार अनियन्त्रित भइ सडकको रेलिङमा ठोक्किएर पल्टिएको हो ।
प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कार पल्टिएर विपरित तिरको लेनमा पुगेको हो ।
दुर्घटनाको सूचना पाउनै बित्तकै महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले सडक किनारमा ३० वर्षीया महिला अचेत अवस्थामा फेला पारेको थियो ।
उनलाई मध्यपुर ठिमी अस्पताल पुर्याए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा काठमाडौँ ४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो ।
कारमा जम्मा ४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
लोकन्थीका कार चालक २६ वर्षीय रञ्जित कार्की, राधेराधेका २६ वर्षीय विजय देउजा र सुर्यविनायक नगर ४ गाम्चाका २७ वर्षीय सुदीप थापा कारमा सवार थिए ।
उनीहरुको भने अवस्था सामान्य रहेको जनाइएको छ ।
राति भने ति महिलामात्रै अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अन्य ३ जना आज विहानमात्रै प्रहरीको सम्पर्कमा आएका बताइएको छ ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया