८ कार्तिक २०८३, आइतबार

कोरोनाभाइरस दोहोरिन सक्छ, जोखिमको सम्भावनाः डा.पुन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले कोरोनाभाइरसको संक्रमण दोहोरिन सक्ने बताएका छन् ।

उनले कोरोनाभाइरसको संक्रमण दोहोरिएको घटना आफूले पनि थाहा पाएको बताए । नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.पुनले सर्तकता अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

उनले नेपालसहित विभिन्न देशहरूमा कोरोनाभाइरसको संक्रमण दोहोरिएको घटनाहरू बाहिएर आएको बताए । दोस्रो पटक कोरोनाभाइरसको संक्रमण हुँदा स्वास्थ्यमा अलिक धेरै समस्या हुन सक्ने उनले बताए ।

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या घट्न थालेको उनले स्वीकार गरेका छन् । तर, उनले संक्रमितको संख्या घट्न थाल्यो भन्दैमा लापरबाही गर्न नहुने बताएका छन् ।

सरकारले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिरहेको डा.पुनले बताएका छन् ।