२ कार्तिक २०८३, सोमबार

नेकपाको स्थायी समितिको बैठक आज बस्ने, ओली सहभागी हुनेबारे अन्यौल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आइतबार बस्दैछ ।

शनिबारको सचिवालय बैठकले आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बस्ने निश्चित गरेको हो ।

बैठकले पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

बैठकप्रति अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सकारात्मक छैनन् । उनले यसअघि नै बैठकको आवश्यकता नभएको दाबी गर्दै आएका छन् ।

शनिबारको सचिवालयले निश्चित गरेको आइतबारको स्थायी समितिको बैठकप्रति पनि उनले रुचि देखाएका छैनन् । बैठकमा ओली आउने वा नआउनेबारे केही भनिएको छैन ।