१० कार्तिक २०८३, मंगलबार

भक्तपुरमा कार दुर्घटना, युवतीको मृत्यु

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २१ मंसिर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

भक्तपुरबाट काठमाडौं जादै गरेको बा ८ च ४७५६ नम्बरको कार आइतबार बिहान पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएको थियो । कार कसले चलाएको र कति जना थिए भन्नेबारे केही खुलेको छैन ।

ज्यान गुमाएकी युवतीलाई कारभन्दा बाहिर बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।