२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुग्यो चेल्सी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २१ मंसिर । इंग्लिस प्रिमियर लिग (ईपीएल)मा चेल्सी शीर्ष स्थानमा पुगेको छ ।

आफ्नै घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो ।

लिड्ससँगको खेल जितेसँगै चेल्सीको ११ खेल खेल्दा २२ अङ्क जोडेको छ । चेल्सीसँग पराजित भएको लिड्स ११ खेलमा १४ अङ्कसहित १३ औँ स्थानमा रहेको छ ।

यसअघि चेल्सीको मैदानमा भएका दुई क्लबबीचको १२ प्रतिस्पर्धामध्ये २ खेलमा मात्रै लिड्स विजयी हुन सफल भएको छ । लिड्स र चेल्सीबीच २०१० को ईएफएल कपमा पनि प्रतिस्पर्धा भएको थियो । त्यसबेला चेल्सीले लिड्लाई ५–१ गोलले पराजित गरेको थियो ।