बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर २१ गते ७:२५

फाइल तस्बिर

डोटी, २१ मंसिर । डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा आइतबार बिहान जिप दुर्घटनाग्रस्त हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । दिपायलबाट खत्याडीका लागि जाँदै गरेको जिप भिरबाट खसेको गाउँपालिका अध्यक्ष कमल गड्सिलाले जानकारी दिए ।

अप्ठेरो स्थान भएकाले गाडीमा कति जना सवार थिए भन्ने खुलिनसकेको छैन । दुर्घटनास्थलमा खोजी कार्य जारी रहेको उनले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित