९ कार्तिक २०८३, सोमबार

तेस्रो विवाह गरेको आरोपमा वडाध्यक्ष पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बहुविवाहको आरोपमा पक्राउ परेका छन् ।

वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई अर्काको श्रीमती भगाएर तेस्रो बिहे गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई शुक्रवार साँझ जयतपानी बजारबाट प्रक्राउ गरिएको सल्यान प्रहरीले जनाएको छ । कुमाईका यसअघि नै दुई श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ ।

वडाध्यक्षले तेस्रो बिहे गरेका भनिएकी ग्वामी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी छन् ।

स्थानीयबासीले वडाध्यक्षले तेस्रो विवाह गरेको भनेर जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कुमाई र विष्टलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।