९ कार्तिक २०८३, सोमबार

राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै झापामा राप्रपाको विशाल प्रदर्शन (फोटोफिचर)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २० मंसिर । राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आयोजनामा झापामा शनिबार विशाल प्रदर्शन भएको छ ।

राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा प्रदर्शन गरेको हो । राप्रपाले मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गरेर प्रदर्शन गरेको हो ।

र्यालीमा हजारौंको सहभागिता रहेको थियो । प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टामा भेला भएका थिए ।

दिउँसो साढे २ बजे काँकरभिट्टाबाट एकीकृत र्याली प्रारम्भ भएको थियो । बिर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले शनिवारको प्रदर्शन शुरुवात मात्र भएको बताए ।

उनले चेतावनीको भाषामा भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो । क्लाइमेक्स आउन बाँकी नै छ ।’ राजसंस्था तथा हिन्दुराष्ट्र देशको आजको आवश्यक्ता भएको नेता लिङदेनले बताए ।