शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अध्यक्ष र प्रधानमन्त्री दुवै नछाड्ने ओलीको अडान

दैनिक नेपाल २०७७ मंसिर २० गते १८:१९

काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद नछोड्ने बताएका छन् ।

शनिबार बसेको सचिवालय बैठकमा नेताहरुले दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा लगेर निष्कर्षमा पुग्ने बताएपछि प्रधानमन्त्री ओलीले आफूले दुवै नछोड्ने अडान दोहोर्याएका हुन् ।

ओलीले बैठकमा भने, ‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिनँ, अध्यक्ष पनि छाड्दिनँ ।’ एक सचिवालय सदस्यका अनुसार ओलीले स्थायी समितिले काम गर्न नसक्ने बताउँदै समितिको काम नभएको बताएका हुन् ।

दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने र ओलीले एक पद छोड्नुपर्ने हल्लालाई इंगित गर्दै उनले यस्तो बताएका हुन् ।

आइतबार पार्टीको स्थायी कमिटी बैठक आह्वान भएको छ । त्यसमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल भएर निष्कर्ष निकालिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित