
मोरङ, २० मंसिर । अवैध रूपमा कर छलि गरी स्टोक गरी राखेको करिब १ लाख २४ हजार मूल्य बराबरको विभिन्न सामान सहित विराटनगर महानगरपालिका ११ रामपुर बस्ने २६ वर्षीय जितेन्द्र भगतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भगतले आफ्नै किराना पसल पछाडीको कोठामा र विराटनगर महानगरपालिका ६ स्थित संजित साहको घरमा कोठा भाडामा लिई अवैध रूपमा कर छलि गरी विभिन्न सामान स्टोक गरी राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई सामान सहित पक्राउ गरेको हो ।
बरामद भएका सामान सहित भगतलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















प्रतिक्रिया