२ कार्तिक २०८३, सोमबार

२४ घण्टामा १० जना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । पछिल्लो २४ घण्टामा देशभर १० जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार २४ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ६ हजार ७४ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४२ हजार ५३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख २४ हजार ५३ जना पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख ७८ हजार २४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १४ हजार २५५ जना आइसोलेसन र ५३६ जना क्वारेन्टिनमा छन् ।