
काठमाडौँ, २० मंसिर । चीनको एक कोइला खानीमा विषालु ग्यास चुहावट हुँदा १८ जना मजदुरको मृत्यु भएको छ ।
दुर्घटनामा अरु ५ जना मजदुर बेपत्ता रहेका छन् ।
चीनको दक्षिण–पश्चिममा रहेको कोइला खानीमा कार्बन मोनोअक्साइड ग्यास चुहावटले मजदुरको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । डियाशुइडोङ खानीबाट एकजनालाई उद्धार गरिएको छ ।
चिनियाँ अधिकारीका अनुसार मजदुरले जमिनमुनि खानीमा काम गरिरहेका बेला ग्यास चुहावट भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।















प्रतिक्रिया