
हुम्ला, २० मंसिर । हुम्लामा शुक्रबार राति भएको जीप दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थाहामा बोलेरो जीप दुर्घटना हुँदा घाइते भएका उनको हुम्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको सल्लाह अनुसार नेपालगंज लगिएको हो ।
दुर्घटनामा परि टाउकोमा चोट लागेका बाजुराका कवि सिंहलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
हाल उनी सिमकोट बजारमा मोबाइल मर्मतको पसल सञ्चालन गर्दै आएका थिए ।
सिंहलाई हवाईजहाजबाट नेपालगंज पठाइएको छ । उनको टाउकोमा चोट लागेको र सीटीस्क्यान गर्नुपर्ने भएकाले नेपालगंज लगिएको हो । उनको शरीरमा पनि चोट लागेको बताइएको छ ।
एक बालकसहित अन्य ६ जना घाइतेको भने जिल्लामै उपचार भइरहेको बताइएको छ ।
जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।















प्रतिक्रिया