२ कार्तिक २०८३, सोमबार

फोटोको धन्सार शुभारम्भ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । विश्वभरका फोटोग्राफरका सृजनालाई जनसमक्ष पुर्याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकमको शुभारम्भ गरिएको छ ।

अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्ने छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गरे । उनले यस्तो पोर्टल नेपालमा आजसम्म नभएको बताउँदै अतिनै आबश्यक रहेको समेत बताए ।

‘यो पर्यटनसँग पनि असाध्यै जोडिएको छ । नेपाल चिनाउनु छ सबै ठाउमा बोर्ड पुग्दैन । यो धन्सारले त्यस्तो ठाउमा काम गर्छ भन्ने मेरो बिश्वास छ’, उनले भने, ‘आगामी दिनमा सहकार्य गरी अगाडि बढ्न चाहन्छौं । धन्सारको माध्यमबाट नेपाललाई सन्सारभर चिनाउन सफल हुन्छ भन्ने पुर्ण आशा छ ।’

नेपालका भौगोलिक अवस्थिति, कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउने उपयुक्त माध्यम भएको उनको भनाइ छ । कला संस्कृति र प्रकृतिमा नेपाल विश्वमै धनी रहेको उल्लेख गर्दै उनले नेपाल चिनाउने तस्वीर तथा श्रव्यदृश्य सामग्री बोर्डलाई उपलब्ध गराउन पनि आग्रह गरे ।

धन्सारका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफूहरुले उक्त मञ्च सार्वजनिक गरेको बताए । ‘डेढ वर्षअघिको योजना विदेशीले यस्ता बस्तु स्टक गर्न हामीलाई प्रपोज गर्यो तर यो काम हामी आफैले किन नगर्ने ? भन्ने सोचेर हामीले यो स्थापना गर्न सफल भयौं । नेपालमै पहिलो पटक यस्तो गरेका हौं ।
हामी सबैले यसमा सहकार्य गरौं’, उनले भने ।

नेपाललाई देश विदेशमा चिनाउन हातेमालो गरौ । फोटाग्राफरहरुले आफूले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत विक्री गर्न सक्ने छन् ।

धन्सारमार्फत आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न सकिने छ । आफ्नो सृजना विक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्ने छ ।

धन्सारमा विभिन्न विधाका तस्वीर तथा श्रव्यदृश्य राख्न सकिने छ । प्रतिदिन एक प्रयोगकर्ताले १० वटा तस्वीर राख्न सक्ने धन्सारले जनाएको छ ।

धन्सार मार्फत बिक्री भएका तस्वीर तथा श्रव्यदृश्य सामग्रीको शुल्क सम्बन्धित फोटोग्राफरले प्राप्त गर्ने छन् । धन्सारमा तस्वीर तथा श्रव्यदृश्य सामग्री उपलब्ध गराउने व्यक्तिले आफ्नो सृजनाको मूल्य आफैं तोक्न पाउने छन् । धन्सारमा उच्च गुणस्तरको दृश्य अपलोड गर्न सकिने छ ।

धन्सारमार्फत उपभोक्ताले गुणस्तरीय तस्वीर तथा श्रव्यदृश्य सामग्री प्राप्त गर्ने छन् । त्यस्तै केही ‘रोयल्टी फ्रि’ सामग्री पनि प्राप्त गर्न सकिने बताइएको छ ।