शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आजको सचिवालय बैठकमा प्रधानमन्त्री नजाने ! यस्तो छ कारण

दैनिक नेपाल २०७७ मंसिर २० गते १२:१६

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली आज बस्ने सचिवालय बैठकमा नजाने भएका छन् ।

पार्टीको विवाद अन्त्य गर्ने कुनै सहमति नबनेकाले ओलीले आजको बैठकमा उपस्थिति नजनाउने ओलीनिकटका नेताहरुले बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने समेत बताउँदै आएका छन् ।

पार्टीभित्रको विवाद समाधानका लागि ओली र प्रचण्डबीच खास समझदारी बन्नु अनिवार्य रहेकाले दुई अध्यक्षबीच कुनै सहमति नभएपछि शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुने सम्भावना रहेको बताइएको छ ।

यद्यपि, आज दिउँसो १ बजेका लागि निर्धारित बैठकका लागि दुवै पक्ष आ–आफ्नो छलफलमा जुटेका छन् । स्रोतका अनुसार बैठकमा प्रस्तुत हुने विषय बारे बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भइरहेको स्रोतले बताएको छ ।

आजको बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । तर, अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादको प्रयास भने असफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित