मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ६२ लाख, १५ लाख २३ हजारले गुमाए ज्यान

दैनिक नेपाल २०७७ मंसिर २० गते ९:१२

काठमाडौं, २० मंसिर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ६२ लाख १० हजार ३६५ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६७ हजार ३६१ नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, कोरोना मुक्त हुनेको संख्या चार करोड ५७ लाख ९७ हजार ४८१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ११ हजार ९१२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ लाख २३ हजार ५५० पुगेको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या एक करोड ८८ लाख ८८ हजार ७३९ पुगेको छ भने तीमध्ये एक लाख ६ हजार ७१ जनाको अवस्थाका गम्भीर छ ।

प्रतिक्रिया
सम्बन्धित