२ कार्तिक २०८३, सोमबार

गीतकार देवल भण्डारीको ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक (भिडियो)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीले स्वरमा रहेको गीत ‘देउन दिलमा दरबन्दी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

देवल भण्डारीको शब्द रहेको यस गीतलाई दिपक शर्माले संगीतवद्ध गरेका हुन् । गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

म्यूजिक भिडियोमा मिलन मिश्र र अमुदा बिस्टको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । केशब राज भट्टले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् ।

भिडियोमा विकाश दहालको सम्पादन रहेको छ । रमेश मिश्र र शोभा मिश्र उत्पादक रहेको भिडियोलाई प्रकाश धितालको निर्देशनमा तयार पारिएको हो । कलाकार मिश्रको अफिसिएल युट्युव च्यानल ‘मिलअमु फिल्म्स’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।