शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

संसद बैठक अविलम्ब बोलाउन जोडदार माग

दैनिक नेपाल २०७७ मंसिर १९ गते १९:३२

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसले आगामी २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

विशेषगरी दुई दिनअघि भएको तनहुँ घटना र सरकारको कामकारबाहीको विषयलाई लिएर कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

तनहुँ जिल्लामा बुधबार सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात, सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनताविरुद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ ।

यस्तै कांग्रेसले अविलम्ब संसद बैठक बोलाउन पनि सरकारसँग माग गरेको छ । राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको कांग्रेसको भनाइ छ ।

बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे भन्दै कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने निर्णय गरेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित