शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पूर्व गृहमन्त्री स्वाँरको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

दैनिक नेपाल २०७७ मंसिर १९ गते १८:५१

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व गृहमन्त्री नयनबहादुर स्वाँरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार एक शोक वक्तव्य जारी देउवाले स्वाँरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना समेत प्रकट गरेका छन् ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय आमन्त्रित सदस्यसमेत रहेका पूर्व गृहमन्त्री स्वाँरको ९४ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा निधन भएको थियो । स्वाँरले २००६ सालमा नेता गणेशमान सिंहबाट नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएका थिए ।

स्वर्गीय स्वाँरका ४ छोरी र २ छोरा छन् ।

प्रतिक्रिया
सम्बन्धित