२ कार्तिक २०८३, सोमबार

पिक आवरमा मोबाइल भ्यान चलाउन रोक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा पिक आवरमा मोबाइल भ्यान चलाउन रोक लगाएको छ ।

कार्यालय लाग्ने र छुट्टी हुने समयमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सामान बोक्ने मोबाइल भ्यान चल्न रोक लगाइएको हो ।

शुक्रबार बग्गीखानास्थित आफ्नो कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले पिक आवरमा मोबाइल भ्यान चलाउन नदिने निर्णय गरिएको जानकारी दिए ।

यस्तै जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले सचेतना कक्षा दिने तयारी पनि गरिरहेको छ । आकाशे पुलमुनीबाट बाटो काट्ने समस्याले दुर्घटना बढेको ट्राफिक प्रहरीको विश्लेषण छ ।