शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

दैनिक नेपाल २०७७ मंसिर १९ गते १७:३१

काठमाडौं, १९ मंसिर । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहेको २५ सदस्यीय आयोगका बहुमत सदस्यले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन तयार भएको करिब २ वर्षसम्म पनि सरकारले सार्वजनिक नगरेपछि बाध्य भएर बहुमत सदस्यले सार्वजनिक गर्नु परेको आयोगका सदस्य श्याम श्रेष्ठको भनाइ छ ।

पूर्वीय दर्शन चिन्तनको मूल्य मान्यतालाई विद्यालयदेखि विश्वविद्यालयसम्म समेट्ने, १० कक्षा पुगिसकेका विद्यार्थीले व्यावसायिक वा सामान्य शिक्षा रोज्ने, निजी विद्यालयलाई गैरनाफामूलक बनाउने जस्ता विषय प्रतिवेदनमा समेटिएका छन् ।

आयोगले सरोकारवालाहरुसँग छलफल गरी आएको सुझाव समेटेर तयार पारिएको करिब ४०० पृष्ठको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो ।

प्रतिवेदनको पूर्ण विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया
सम्बन्धित