शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काठमाडौं उपत्यकामा थपिए कोरोना भाइरसका ६०६ जना नयाँ संक्रमित

दैनिक नेपाल २०७७ मंसिर १९ गते १६:५४

काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा २४७ महिला र ३५९ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४१ र ललितपुरमा १२५ जना नयाँ संक्रमित थपिएका हुन् ।

शुक्रबार देशभर १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ३१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित