२ कार्तिक २०८३, सोमबार

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या कति छ ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको विवरणअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ जना छ ।

हालसम्म नेपालमा १७ लाख ७१ हजार ९५० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिसकिएको छ भने अहिले १७ हजार ४४७ जना आइसोलेसन र ५३७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार २७२ जना नयाँ संक्रमित थप भएका छन् ।

८ हजार ३१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ जना पुगेको छ ।