बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु, मृतकको कुल संख्या कति पुग्यो ?

दैनिक नेपाल २०७७ मंसिर १९ गते १६:२५

काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार २७२ जना नयाँ संक्रमित थप भएका छन् ।

८ हजार ३१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख ७१ हजार ९५० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १७ हजार ४४७ जना आइसोलेसन र ५३७ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित