८ कार्तिक २०८३, आइतबार

नेकपा विवादले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण अनिश्चित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भारत भ्रमण अन्योलमा परेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादका कारण परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण अनिश्चित बनेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली जाने तयारी भइरहेको छ । तर पार्टी विवादका कारण मिति तय हुन नसकेको मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार पार्टी विवादका कारण सरकार परिवर्तन हुन सक्ने र मन्त्री पनि फेरबदल हुन सक्ने कारण भ्रमण मिति तय हुन नसकेको हो ।

नोभेम्बर २६–२७ मा भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गलाको नेपाल भ्रमण भएको थियो । त्यसपछि मन्त्रीस्तरीय आयोगको बैठक भारतमा हुने तय भएको थियो ।

मन्त्री ज्ञवालीको भारत जाने मिति तय भएपछि मात्रै उताको कार्यक्रम तय हुने भए पनि हालसम्म मिति निश्चित हुन सकेको छैन ।
नेपालस्थित भारतीय दुतावासका अनुसार भारतका तर्फबाट पुरै कार्यक्रम तयार रहेको जनाएको छ । दूतावासले नेपालबाट मिति तय हुन ढिलो भएको बताएको छ ।

नेकपा विवादका कारण सरकार परिवर्तन हुन सक्ने र मन्त्री समेत हेरफेर हुनसक्ने भएकाले मिति तय नभएको बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच सीमा विवादका विषयमा छलफल हुने बताउँदै आएका छन् ।