
गुल्मी, १९ मंसिर । गुल्मीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिकाका वडा नं. ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्की रहेका छन् । उनको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।
उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया