९ कार्तिक २०८३, सोमबार

रुपन्देहीमा छुट्टाछुट्टै स्थानमा ३ जना पुरुष मृत अवस्थामा फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । रुपन्देहीमा ३ जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको रुपन्देहीको दुई स्थान र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी ३ जना पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँ गाउँ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्कट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए ।

त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक पुरुष मृत फेला परेका छन् ।

त्यस्तै, मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीनवटै घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।