शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रचण्डलाई सहमतिमा ल्याउन प्रधानमन्त्री ओलीको यस्तो कसरत

दैनिक नेपाल २०७७ मंसिर १९ गते १३:११

काठमाडौँ, १९ मंसिर । सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मनाउने कसरत तीव्र पारेका छन् ।

ओली निकट नेता ईश्वर पोखरेल शुक्रबार विहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले सहमतिमा अघि बढे मात्रै पार्टी र आफूहरुको प्रतिष्ठा जोगिने बताउँदै सहमति जुटाउन प्रचण्डलाई आग्रह गरेका थिए ।

त्यस्तै, बिहीबार पनि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पनि खुमलटार पठाएका थिए ।

वुधबारको सविचालय बैठकमा ओली अनुपस्थित रहेपछि १५ मिनेट मात्रै बसेर शनिबारका लागि सारिएको थियो ।

ओली भने त्यस अघि नै सबै किसिमको परिस्थितिको सामना गर्ने गरी रणनीति निर्माण जुटेको बताइएको छ । त्यसै क्रममा ओलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि करिब २ घण्टा छलफल गरेका थिए ।

त्यस्तै, राष्ट्रपति भण्डारील अर्का अध्यक्ष प्रचण्डसँग पनि बिहीबार नै शीतल निवासमा एक घण्टा छलफल गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित