शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

माइक्रोबसमा ५० हजार चोरी गर्ने २ जना पक्राउ

दैनिक नेपाल २०७७ मंसिर १९ गते १२:५०

सांकेतिक तस्वीर

काठमाडौँ, १९ मंसिर । माइक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरबाट काठमाडौँको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई भक्तपुरको कौशलटारबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामा रहेका छन् । उनीहरुको साथबाट ५० हजार रुपैयाँ नगद बरामद गरेको महानगरीय प्रहरी प्रभाग बालकोटले जनाएको छ ।

गठ्ठाघर बस्ने यमनाथ पौडेलले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेपछि प्रहरीले पाकेटमार विरुद्ध अपरेशन चलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित