
काठमाडौँ, १९ मंसिर । विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सिराह मिर्चैयाका ७५ वर्षीय बृद्धको बिहीबार राति १२ बजे मृत्यु भएको हो ।
उनलाई बिहीबार कोरोना देखिएको थियो । अस्पतालका अनुसार छातीमा समस्या र ज्वरोका कारण अस्पतालमा भर्ना गरिएका थिए ।
त्यस्तै, विराट शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिकाका ५६ वर्षीय पुरुषको पनि मध्यरातमा मृत्यु भएको हो ।
ती व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आएपछि मंसिर १३ गते विराटनगरको विराटनगर अस्पतालमा भर्ना गरिएको थियो ।
कोरोना देखिएका उनको आइसोलेशनमा उपचार गर्ने क्रममा बिहीबार मध्यरातमा मृत्यु भएको थियो ।















प्रतिक्रिया