शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोनाका खोपहरू नाफा कमाउने माध्यम हुनु हुँदैनः केपी ओली

दैनिक नेपाल २०७७ मंसिर १९ गते ८:३६

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरू अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ सम्बन्धी खोपहरू वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताएका छन ।

अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुराउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरेका छन ।

कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो ।

उनले अहिलेको संकटले पाठ सिकाएको बताएका छन । ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं’, ओलीले सम्बोधनका क्रममा भनेका छन ।

प्रतिक्रिया
सम्बन्धित