शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर भागे

दैनिक नेपाल २०७७ मंसिर १९ गते ८:००

धनगढी, १९ मंसिर । बझाङ जिल्लामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका किशोर भागेका छन् ।

मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका १६ वर्षीय राजेन्द्र बोहोरा भागेको डोटी प्रहरीले जनाएको छ ।

बाल सुधार गृहमा राखिएका बोहोरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताएका छन ।

कोरोना पोजेटिभ देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएका बोहोरा भागेपछि प्रहरीले खोजी तीव्र पारेको छ ।

बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएको थियो ।

बोहोराले सम्झनाको हत्या गर्नुपूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित