शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

युरोपा लिग फुटबलमा जोर्या लुहान्स्कसँग लेस्टर सिटी स्तब्ध

दैनिक नेपाल २०७७ मंसिर १९ गते ७:४५

लण्डन, १९ मंसिर । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा लेस्टर सिटी स्तब्ध भएको छ । अवे मैदानमा भएको खेलमा जोर्या लुहान्स्कसँग लेस्टर सिटी १–० ले पराजित भएको हो ।

लुहान्स्कका लागि ८४ औँ मिनेटमा अल्लायार सय्यदमानेशले गरेको गोल नै निर्णायक बन्यो । हारपछि एक खेल बाँकी हुँदा समूहको शीर्ष स्थानमा कायम रहने सम्भावना लेस्टरका लागि ढुलमुल भएको छ ।

पराजित भए पनि १० अंकसहित लेस्टर समूहको शीर्ष स्थानमै छ । तर दोस्रो स्थानको स्पोर्टिङ्ग ब्रागाको पनि समान १० अंक नै छ ।

उसले बिहीबार राति भएको खेलमा एइके एथेन्सलाई ४–२ ले पराजित गरेको थियो । लेस्टरलाई पराजित गरेको लुहान्स्क ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित