
काठमाडौं, १८ मंसिर । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहक रुद्र प्रसाद वस्तीलाई ५ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको छ ।
केही समययता प्राणघातक रोगको कारणले स्वास्थ्य प्रतिकुल भएको वस्तीले बैंकबाट उपलब्ध भएको बीमा दाबी रकम प्राप्त गर्नाका साथै आफ्नो उपचारमा खर्च गरेर हाल स्वास्थ्य लाभ समेत गरिसकेको बैंकले बताएको छ ।
सामान्य जिवनयापन गरिरहेका वस्तीले बैंक अफ काठमाण्डूको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएका थिए ।
बैंकले बीओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रू. ११ लाखसम्मको बीमा सुबिधा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउदै आइरहेको छ ।
बीमा सुबिधाअन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको लागि रू. ५ लाख, १८ प्राणघातक रोगहरुका लागि रू. ५ लाख तथा औषधि उपचारका लागि रू. १ लाखको बीमा सुविधा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया