२ कार्तिक २०८३, सोमबार

घोराहीमा मनाइयो २९औं अपांगता दिवस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १८ मंसिर । बिहीबार घोराहीमा २९औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ ।

‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपांगता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासका लागि हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ दिवश मनाइएको हो ।

घोराही उप–महानगरपालिका महिला बालवालिका तथा सामाजिक विकास महाशाखा, अपांग मानव अधिकार तथा सरोकार मञ्च, नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र लगाएतका संस्थाको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले अपांगता भएकाहरुको विषयमा गम्भीर बन्न स्थानीय निकायलाई अनुरोध गरेका छन् । अपांगमैत्री भवन निर्माण, अपांगता भएकाहरुलाई शिपमुलक तालिम, सहायक सामाग्रीको व्यवस्था, उनीहरुको पुनःस्थापना, आयआर्जनका कार्यक्रममा सवालमा स्थानीय तहले कार्यक्रमहरु ल्याउन सुझाव थियो ।

कार्यक्रममा अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका उपमहासचिव चिन्तामणि पौडेलले स्थानीयतहले अपांगता भएकाहरुको क्षेत्रमा खुलेर काम गर्नुपर्ने बताए । पछिल्लो समयमा स्थानीय तहमा अपांगताको सवालमा कम बजेट विनियोजन भएको भन्दै अपांगको संरक्षणका लागि आग्रह गरे ।

कार्यक्रममा महिला बालवालिका तथा सामाजिक विकास महाशाखा संयोजक पशुपति चौधरी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष हुमा डिसी, महिला अधिकारकर्मी सुशीला पौडेल लगाएतकाले आफ्नो धारणा व्यक्त गरेका थिए ।